सभामुख घिमिरे जेनेभा जाँदै

Thankot Times

थानकोट ।

सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् ।

उनी आज साँझ ६ बजे जेनेभाका लागि प्रस्थान गर्नेछन् ।

गत शुक्रबार उनले आफ्नो भ्रमणका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार घिमिरेले जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा दुई वटा सेसनमा सम्बोधन गर्नेछन् ।

पहिलो सेशनमा ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र दोस्रो सेशनमा ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ विषयमाथि सम्बोधन गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *