महिला युरो कप-२०२५ को उपाधि इङ्ग्ल्याण्डलाई, स्पेन पेनाल्टी सूटआउटमा स्तब्ध

Thankot Times

थानकोट ।

पेनाल्टी सुटआउटमा स्पेनमाथि ३-१ को जित निकाल्दै इंग्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ ।

आइतबार स्वीट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

जहाँ पेनाल्टीमा स्पेनका चारमध्ये एक प्रहारमात्र गोलमा परिणत भयो । यता, इंग्ल्यान्डका पाँचमध्ये तीन खेलाडीले गोल गरे ।

प्रतियोगितामा स्पेनले जर्मनीलाई १-० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

इंग्ल्यान्डले भने इटालीविरुद्ध २-१ को जित निकालेको थियो ।

प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहेको थियो ।

इङ्ग्ल्याण्ड फुटबल टिम


Leave a Reply

Your email address will not be published. Required fields are marked *