रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सुरु, सांसद् प्रदिप विष्टलाई सिन्धुपाल्चोकको जिम्मेवारी
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
गत शनिबार बसेको केन्द्रीय समिति बैठकमा सो निर्णय भएक हो ।
संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न यो अभियान सुरु भएको हो ।
अभियानलाई सशक्त रूपमा सञ्चालन गर्न पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ। यसैबीच काठमाडाैं क्षेत्र नं. १० का सांसद् प्रदिप विष्ट रास्वपाको ‘हामी आउँदै छौँ’अभियानका लागि सिन्धुपाल्चोक खटाइएका छन् । उनी बुधबार बिहान सो तर्फ लागेको उनको सचिवालयले जनाएको छ ।
सिन्धुपाल्चोकमा सांसद् अनुष्का श्रेष्ठ र रुकेश रञ्जित पनि जाने छन् । काठमाडाैंमा सांसद् तोसिमा कार्की र खुश्बु सरकार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।














