आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६:३० बजे बस्नेछ।

आजको बैठकले एकजना मुख्य रजिष्टार र एकजना रजिष्टारको नियुक्ति गर्ने तयारी गरेको छ। मुख्य रजिष्टारमा विमल पौडेलको नाम सिफारिस भएको छ । 

त्यसैगरी रजिष्टारमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ ।

बैठकमा दुई वा तीन जना सचिवहरूको बढुवाको सम्भावनासमेत रहेको बताइएको छ। यद्यपि, सचिव बढुवाका सम्बन्धमा अन्तिम निर्णय आजै हुने वा नहुने विषय अझै खुलिनसकेको स्रोतले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *