प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्री ओली यही साउन १८ गते २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमणमा जाने विषय मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री)मा प्रधानमन्त्रीले सहभागिता जनाउने छन् ।
एलएलडीसीमा नेपालसहित विश्वका ३२ वटा देश आबद्ध छन् ।
त्यसमध्ये सबभन्दा अफ्रिकाबाट १५ वटा देश छन् भने एसियाबाट १२ देश रहेका छन् ।
एसियाली मुलुकमा नेपालसहित अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान रहेका छन् ।












