स्कुल बसले किच्दा बालिकाको मृत्यु

Thankot Times

थानकोट ।

सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर सोमबार एक जना बालिकाको मृत्यु भएको छ ।

ब्रह्मपुरी गाउँपालिका-७, मोहनगञ्जमा म प्र ०३-००१ क २५४२ नं को स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरीको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका-१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रा महतोलाई घर पुर्‍याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ ।

घाइते बालिकाकालाई तत्काल जीवन नारायण अस्पताल बयलबास पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *