कलंकी लाम्पाटीमा सुनको सिक्री लुटेको अभियोगमा धादिङका युवा पक्राउ

Thankot Times

थानकोट ।

लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकीबाट एक जना युवा पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङ घर भएका ३१ वर्षीय दीपेश लम्साललाई शुक्रबार प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-१४ लाम्पाटीस्थित सडकमा सोही ठाउँ बस्ने एक जना पीडितको सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न भएको भन्दै लम्साललाई कलंकीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लम्साल उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *