इन्द्र बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का

Thankot Times

थानकोट ।

नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद तानातानबीच आफ्नो पक्षमा बहुमत सांसद लिन सफल भएसँगै लामालाई हटाएर इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये १ सांसद फर्किएर लामाको पक्षमा गएपनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नो कित्तामा उभ्याएका छन् ।

अविश्वासको प्रस्तावको हस्ताक्षर सूचीमा रहेकी माया श्रेष्ठले हस्ताक्षर कीर्ते गरिएको बताएकी छन् । मायासँगै विज्ञप्तिमा नाम भएकी सांसद मिना पराजुली अन्तिममा बानियाकै समर्थनमा खुलेर विज्ञप्ति आफूले ननिकालेको दाबी गरेकी छिन् । अन्ततः लामा इतरकै समूह बलियो भएको छ ।

बानियाँको पक्षमा २१ जनाकै समर्थन कायम रह्यो ।

कुल ३७ सांसदमध्ये लामातिर १६ जना मात्रै उभिएका छन् ।

बिहान १० बजे बोलाइएको संसदीय दलको बैठक अहिले जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *