बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाए पनि आफूले पदबाट राजीनामा नदिने बताएका छन्‌ ।

सञ्चारमाध्यमहरूलाई मंगलबार प्रतिक्रिया दिँदै उनले सरकार र संसदीय दल फरक भएकाले संसदीय दलमा विश्वास गुमे पनि सरकारबाट भने राजीनामा नदिने बताएका हुन्‌ । उनले गठबन्धन दलहरूको पनि समर्थन रहेकाले राजीनामा नदिने बताए ।

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको दाबी पनि गरे ।

संसदीय दलका सचिव कृष्ण तामाङले गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

लामाका अनुसार उनीहरूले नयाँ संसदीय दलको नेताको रूपमा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँलाई अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्‌ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *