बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, आजै सपथ गराइने

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रियालाई अघि बढाउँदै आज तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्। यससँगै अपूरो रहेको मन्त्रिपरिषद् विस्तार हुने संकेत देखिएको छ।

मुख्यमन्त्री लामाले नेपाली कांग्रेसबाट राजीनामा दिएका पाँच जना मन्त्रीहरूमध्ये तीन वटा मन्त्रालयमा नयाँ अनुहारलाई जिम्मेवारी दिएको बताइएको छ ।

गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। लम्सालको नियुक्तिलाई दलभित्रको सन्तुलन मिलाउने रणनीतिक कदमको रूपमा पनि हेरिएको छ।

माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेको जनाइएको छ ।

नवनियुक्त तीनै जना मन्त्रीहरूको सपथग्रहण समारोह आज नै सम्पन्न हुने तयारी गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *