थानकोटका फोटोग्राफर प्रकाश गोपालीले खिचेका थिए भाइरल बनेको हृदयेन्द्रको जुम्ला ‘भ्लग’

Thankot Times

थानकोट ।

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रले कर्णाली प्रदेशको जुम्ला जिल्लाका विभिन्न स्थान घुमेर बनाएका भिडिओ सामग्री, ‘भ्लग’ ले पछिल्ला दिनमा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा ठूलो चर्चा र बहस निम्त्याइरहेको छ।

हृदयेन्द्रको भ्रमणबारेको उक्त भिडिओमा उनको प्रस्तुति ‘सरल र विनम्र’ देखिएको भन्दै कतिपयले प्रशंसा गरेका छन्

यसअघि सार्वजनिक रूपमा विरलै देखिने गरेका अनि अमेरिकामा स्नातक अध्ययनरत हृदयेन्द्रको ‘व्यक्तित्व’ यो भिडिओमा पहिलो पटक सार्वजनिक रूपमा देखिएका कारण पनि यो चर्चाको विषय बनेको एक जना विश्लेषकले बताएका छन्।

राजसंस्थाको पक्षमा वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहित राप्रपाका कैयौँ नेताहरूले हृदयेन्द्रको उक्त भ्लग सामाजिक सञ्जालमा शेअर गरेका छन्।

जुम्लाको एउटा निर्वाचन क्षेत्र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय चुनाव जितेको ठाउँ पनि हो।

हृदयेन्द्रको जन्मदिन पारेर सार्वजनिक गरिएको भिडिओ गएको जेठमा खिचिएको बताइएको छ।

उनको नाममा खोलिएको एउटा फेसबुक पेज साझा कथा नामको युट्युब च्यानलमा राखिएको भिडिओ १५ मिनेटको छ।

आरम्भमा उनी तिला खोलामा एउटा ढुङ्गामाथि बसेर आफ्नो भ्रमणबारे बोल्दा अङ्ग्रेजी भाषाको प्रयोग गर्छन्। “आज म कर्णालीको जुम्ला आएको छु। नेपालमा अन्वेषण गरिनुपर्ने धेरै ठाउँमध्ये यो पनि एक हो,” उनले भनेका छन्।

भिडिओको अन्त्यतिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक जना विद्यार्थीले हृदयेन्द्रलाई सोधेको प्रश्न र त्यसमा उनले दिएको जबाफबारे धेरैले सामाजिक सञ्जालमा चर्चा गरेका छन्।

“हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला?” भन्ने पञ्चकली बुढाको प्रश्नमा हृदयेन्द्र भन्छन्, “मान्छेहरूले राम्रो काम गरे भने सबै कुरा राम्रोसँग चल्यो भने त हुन्छ होला। अलिकति हामी पनि लाग्नु पर्‍यो अलिकति आँट गर्नुपर्‍यो।”

आमा तथा पूर्वयुवराज्ञी हिमानी शाहले स्थापना गरेको हिमानी ट्रस्टले जुम्लामा बनाउन लागेको सुत्केरी स्याहार केन्द्रको शिलान्यासका लागि पुगेका बेला हृदयेन्द्रको उक्त भिडिओ बनाइएको उत्पादक साझा कथा टोलीले बताएको छ।

थानकोटका प्रकाश गोपाली साझा कथा टिममा प्रमुख क्यामेराम्यान, फोटोग्राफरका रुपमा कार्यरत छन् ।

सांगितिक समुह नेपथ्यको गत महिना सार्वजनिक भएको कर्नालीका छाइला म्युजिक भिडियोसमेत गोपालीले नै छायांकन गरेका थिए ।

बीबीसी नेपाली सेवाको सहयोगमा तयार पारिएको सामाग्री


Leave a Reply

Your email address will not be published. Required fields are marked *