कक्षा १२ को राष्ट्रिय परीक्षामा काठमाडाैं शिक्षा क्याम्पसलाई ऐतिहासिक सफलता

Thankot Times

थानकोट ।

गत बैशाख महिनामा सञ्चालन भएको यस वर्षको कक्षा १२ को राष्ट्रिय परीक्षा चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पसबाट सहभागी भएका मध्ये १०५ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कक्षा १२ को व्यवस्थापन संकायतर्फ सो क्याम्पसबाट परीक्षामा सहभागी भएकी पवित्रा सामल मगरले ३.८६ जीपीए हासिल गरेको क्याम्पसले  जनाएको छ ।

यस्तै, ४० जना विद्यार्थीले ३.२१ देखी ३.६६ जीपीए प्राप्त गर्दा ५५ जना विद्यार्थीले २.८६ देखी ३.१६ जीपीए ल्याएका छन् ।

९ जना परीक्षार्थीले कम्तीमा २.२१ जीपीए पाएका छन् ।

सामूहिक शिक्षण वातावरण, नीतिगत योजना, योग्य शिक्षकहरूको समर्पण र विद्यार्थीहरूको लगनशीलताको सजीव उदाहरणको प्रतिफल सो नतिजा प्राप्तिको मूल आधार भएको क्याम्पसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

देशको सामुदायिक क्याम्पसहरूमध्ये एक अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित सो क्याम्पसमा कक्षा ११ देखी स्नातकोत्तहर तहसम्म अध्ययन अध्यापन हुँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *