बलम्बुमा तास खेलिरहेका ५ जना पक्राउ
थानकोट ।
बलम्बुमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।


चन्द्रागिरि नगरपालिका- १२ बलम्बुस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रेशम थापासहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
साे सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ।












