‘मेरो गाउँ ज्यामिरे’ का रचयिता साहित्यकार रामबाबु सुवेदी ब्राइट फ्यूचर माविबाट सम्मानित

Thankot Times

थानकोट ।

बाल साहित्यमा सक्रिय साहित्यकार रामबाबु सुवेदीलाई चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविले सम्मान गरेको छ ।

शुक्रबार बिहान विद्यालय हातामा एक कार्यक्रमका बीच सुवेदीलाई सम्मान गरिएको हो ।

सुवेदीलाई विद्यालयका अध्यक्ष मोहन कुमार कार्की, प्रधानाध्यापक दयाराम थापा लगायतले दोसल्ला तथा कदर पत्रसहित सम्मान गरेका हुन् । 

सोपछि हजाराैं विद्यार्थीहरूमाझ जोसिलो सम्बोधन गरेका सुवेदीले आफ्ना भोगाइ तथा अनुभव सुनाएका थिए ।

नेपाली बालसाहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउने समसामयिक व्यक्तिमध्ये रामबाबु सुवेदीको स्थान महत्वपूर्ण रहेको छ । 

प्रख्यात बालगीत ‘मेरो गाउँ ज्यामिरे’ का सर्जक सुवेदीका बालकविता, बालगीत, बालकाव्य, बालचित्रकथा, बाल एकाङ्की संग्रह प्रकाशित छन्। प्रौढ पाठकका लागि रचिएका कविता, खण्डकाव्य पनि प्रकाशित छन्।

३० वर्षभन्दा बढी अध्यापन कार्यमा संलग्न सुवेदीले राजपरिवारका सदस्यलाई पनि पढाएका थिए।

दीपेन्द्र, निराजन, श्रुतिलाई कक्षा १२ सम्म पढाएका सुवेदीसँग देशका ७७ जिल्ला पुगेको अनुभव पनि छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *