करेन्ट लागेर काठमाडाैंमा एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-७ पुरानो ढल्कुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर मृत्यु हुनेमा ६२ वर्षीय दिलकुमार पुजारी छन् ।

सोमबार* राति करेन्ट लागेर उनको मृत्यु भएको हो ।

पूरानो ढल्कुस्थित इन्द्रायणी मन्दिर नजिकै रहेको बिजुलीको पोलबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । सो पश्चात वीर अस्पताल लगिएकोमा अस्पतालमै उनको मृत्यु भएको हो ।

* यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *