नागढुङ्गा सुरुङ मार्गबाट काठमाडौं छिर्दा ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्ने

Thankot Times

थानकोट ।
सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गत सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको हो ।

त्यस्तै मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय  रुपैयाँ दस्तुर तिर्नुपर्ने छ ।

यसैगरी भारी उपकरणका सवारीसाधनका लागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।

सरकारले आउँदो पुस महिनाबाट सुरुङ सञ्चालनको तयारी गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *