देशभर थपिए ४५६ कोरोना संक्रमित

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४५६ जनामा संक्रमण पुष्टि भएको हो।

तीन हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

दुई हजार १६८ जनाको पिसिआर र एक हजार ६७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर दुई हजार ८४१ जना सक्रिय संक्रमित छन्। ८० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेकफ संख्या शून्य छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *