पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो, डिजेलकाे मूल्य लिटरमा १ रुपैयाँ घट्यो
थानकोट ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।
आज शुक्रबार निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ ।
साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपौयाँले बढाईएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।













