चन्द्रागिरिकै पहिलो क्याम्पस स्थापना भएको ३७ वर्ष पूरा

Thankot Times

थानकोट ।

काठमाडाैंको पश्चिम क्षेत्रमा क्याम्पस स्थापना भएको ३७ वर्ष पूरा भएको छ ।

यस क्षेत्रकै पहिलो क्याम्पस थानकोटस्थित मंगलोदय बहुमुखी क्याम्पसले आइतबार स्थापनाको ३७औं वार्षिकोत्सव मनाएको हो ।

२०४५ सालमा स्थापना भएको क्याम्पस थानकोट क्षेत्रको पहिलो क्याम्पस हो ।

स्नातक तहमा मानविकी र व्यवस्थापन संकाय अध्ययन अध्यापन भइरहेको क्याम्पसमा गतवर्षबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा समेत पठन पाठन सुरु भएको क्याम्पसले जनाएको छ ।

क्याम्पसमा कक्षा ११ देखी स्नातकोत्तर तहसम्म हाल ४ सय जना भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको क्याम्पसका प्रमुख गोकुल प्रसाद सिग्देलको भनाइ छ । क्याम्पसमा २५ जना शिक्षक, कर्मचारी कार्यरत छन् ।

चन्द्रागिरि नगरमा काठमाडाैं शिक्षा क्याम्पस तथा गणेशमानसिंह प्राविधिक शिक्षालयसहित ३ वटा क्याम्पस सञ्चालनमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *