जुवातास खेलिरहेका ८ जना काठमाडौंमा पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौँको नागार्जुन नगरपालिका-१ रानिवन स्थित पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका-५ का ४८ वर्षीय देव खनालसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ गरिएका व्यक्तिहरूसँग नगद ३५ हजार ४८० रुपैयाँ र ४ बुक तास बरामद भएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *