पेट्रोल बोकेर थानकोट आइरहेको ट्याँकरमा धुनिवेशीमा आगलागी

Thankot Times

थानकोट ।

अमलेखगन्जबाट इन्धन बोकेर थानकोट आइरहेको एउटा ट्यांकरमा आगलागी भएको छ।

२० हजार लिटर पेट्रोल लादिएको सो ट्यांकरमा धादिङको धुनिवेशी नगरपालिका खानीखोला सडकमा आगलागी भएको हो ।

सोमबार बिहान ना. ७ ख. ३७७४ नम्बरको ट्यांकरको वायरिङ सर्ट हुँदा सो आगलागी भएको प्रहरीले जनाएको छ ।

धुनिवेशी नगरपालिकाको दमकल,  ईलाका प्रहरी कार्यालय खानीखोला र स्थानीयको सहयोग उक्त ट्यांकरमा भएको आगलागी नियन्त्रण लिइएको धुनिवेशी नगरपालिकाले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको र ट्यांकरको ईन्जिनको तारमा क्षति भएको छ प्रहरीको भनाइ छ ।

तस्बिरः धुनिवेशी नगरपालिका


Leave a Reply

Your email address will not be published. Required fields are marked *