रातो कपडा लगाएर चन्द्रागिरि हिल्स पुग्ने महिलाहरूका लागि केबलकारको टिकटमा विशेष छुट
थानकोट ।
तीज पर्वको अवसरमा काठमाडाैं उपत्यकाको पहिलो केबलकार सेवा चन्द्रागिरि केबलकारले महिलाहरूका लागि केबलकारको टिकट खरिदमा विशेष सहुलियत दिने भएको छ ।
हिल्सले भदाै १० गतेसम्म रातो कपडा लगाएर केबलकार चढ्न पुग्ने महिलाहरूका लागि टिकट मूल्यमा २५ प्रतिशत छुट दिने भएको हो । यो छुट सहुलियत नेपाली नागरिकहरूका लागि मात्रै मान्य हुने चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले जनाएको छ ।
चन्द्रागिरि डाँडामा रहेको भालेश्वर मन्दिरमा मुख्य पर्वका दिन श्रद्धालुहरूको भीड लाग्ने गरेको छ । हाल केबलकारको दुईतर्फी टिकट मूल्य साधारणतर्फ ८२५ रुपैयाँ रहेको छ ।
यसवर्ष भदाै १० मा हरितालिका तीज पर्व मनाइँदैछ ।













