कस्ताे छ आजको माैसम पूर्वानुमान ?

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।

जसका कारण नेपालमा मनसुन केही कमजोर रहेको छ । महाशाखाले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने चलिरहेको बताएका छ ।

महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागमा थोरै र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *