काठमाण्डाैमा एकैदिन थपिए कोरोनाका १०८ जना संक्रमित

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ९९६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ३३५ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र १५१ संक्रमित थपिएका हुन् ।

यो अवधिमा थपिएका संक्रमितमा काठमाडौंमा मात्र १०८ जना छन् । यस्तै, ललितपुरमा ३८ र भक्तपुरमा पाँच संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८६ कोरोना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *