उपप्रधानमन्त्री सिंह आज थानकोट आउँदै
थानकोट ।
उपप्रधानमन्त्री प्रकाशमान सिंह आज बुधबार चन्द्रागिरि नगरपालिकामा आयाेजना हुने एक कार्यक्रम सहभागी हुने भएका छन् ।
थानकोटस्थित त्रिभुवन पार्कमा नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटि तथा नेपाल महिला संघ चन्द्रागिरि नगर समितिले संयुक्त रुपमा आयोजना गर्ने तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधानमन्त्री सिंह सहभागी हुने बताइएको छ।
साे क्रममा सांसद राजेन्द्रकुमार केसी लगायतका नेता पनि थानकोट आइपुग्ने नेपाली काँग्रेसका नेता धर्मनन्द श्रेष्ठले जानकारी दिए ।
उपप्रधानमन्त्री सिंह बुधबार मध्याह्न थानकोट आइपुग्ने बुझिएको छ।












