काठमाडौं उपत्यकामा मापदण्ड विपरितका प्लटिङ्ग नियन्त्रणमा कडाइ

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौंमा भइरहेको अवैध प्लटिङ्ग र अनुमति नलिई भौतिक पूर्वाधार निर्माणलाई कडाइका साथ नियन्त्रण गर्ने भएको छ।

बुधबार प्राधिकरणले आयोजित पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला आयुक्त सुभाष बस्नेतले जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक र सार्वजनिक संरचना निर्माणमा मापदण्ड पालना अनिवार्य गरिने जानकारी दिए।

उनले भने, “सांस्कृतिक स्थल, अस्पताल, विद्यालय, कलेजजस्ता संरचना निर्माण गर्न प्राधिकरणबाट योजना अनुमति लिन अनिवार्य छ। तर विभिन्न निकाय र व्यक्तिले अनुमति नलिई अवैध निर्माण गर्दै आएका छन्।”

प्राधिकरणले कानुनी प्रक्रिया पूरा नगरेका रियल स्टेट कम्पनी वा मापदण्ड नपुगेका व्यक्तिबाट बिक्रीमा राखिएका घडेरी तथा अवैध कित्ताकाटसम्बन्धी विज्ञापन नछाप्नसमेत अनुरोध गरेको छ।

यो कदमले उपत्यकामा व्यवस्थित योजना र सुरक्षित शहरी विकास सुनिश्चित गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *