काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा प्रजिअ फेरिए, काठमाडौंमा छविलाल आए

Thankot Times

थानकोट ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

बुधबार उपत्यकाका यी तीन जिल्लाका सीडीओसहित विभिन्न जिल्लाका सहसचिवहरूको सरुवा भएको हो ।

जसअनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ ।

ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाइएको छ । त्यस्तै, काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालय तानिएको छ ।

भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *