इतिहासमा आजः २०४५ भदौ ५ गते नेपालमा भूकम्प जाँदा ७५० जनाले ज्यान गुमाए

Thankot Times

थानकोट ।

वि.सं. २०४५ भदौ महिनाको ५ गते बिहान पौने पाँच बजे नेपालमा भूकम्प गएको थियो ।

पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का पुरै नेपाल भर महसुस गरिएको थियो ।

६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परि करिब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर ध्वस्त भए ।

त्यसले पूर्वी नेपालमा नराम्रो क्षति पुर्याएको थियो भने काठमाण्डौ उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।

यहाँ समावेश भएको तस्बिरमा धनकुटामा वि.संं २०४५ सालको भूकम्पले चर्काएको घर ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *