नक्कली सुन देखाएर ठगी गर्ने ४ जना मकवानपुरबाट पक्राउ

Thankot Times

थानकोट ।

नक्कली सुन देखाएर ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सुकुम्बासी टोलबाट नक्कली सुनलाई सक्कली भनेर ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलबार साँझ ६ बजेको समयमा समयमा विशेष सूचनाको आधारमा हेटौँडा–११ सुकुम्बासी टोल त्रिवेणीचोकमा कोठा भाडामा लिई बस्ने मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया–८ बस्ने ४५ वर्षीय सूर्य बहादुर नेगी, बकैया–७ बस्ने ४४ वर्षीय  सेते लाल गोङवा र नुवाकोट किस्पाङ–१ भाल्चे बस्ने ४८ वर्षीय नाम्केल तामाङलाई जिल्ला प्रहरी मकवानपुरले पक्राउ गरेको हो ।

उनीहरूको कोठा भित्र खानतलासी गर्ने क्रममा झोला भित्र राखिएको अवस्थामा पिएएमए लेखिएको सुन जस्तो देखिने पहेलो धातु–५० थान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार बरामद भएको सुन जस्तो देखिने उक्त धातुलाई आवश्यक परीक्षणको लागी मकवानपुर सुनचाँदी व्यवसायी सङ्घलाई पत्राचार गर्दा ४९ थान नक्कली रहेको थियो भने १ थान १० ग्रामको १ लाख ६७ हजार ६९५ रुपैयाँको सक्कली सुन बरामद भएको उनले बताए ।

बरामद भएको सक्कली सुनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको र पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई ठगी उद्योग कसुर मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अर्यालले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *