इन्द्रजात्राको तयारी तीव्र, बसन्तपुर क्षेत्रमा सरसफाइ र रंगरोगन

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा नजिकिँदै गर्दा बसन्तपुर क्षेत्र र वरिपरि तयारी तीव्र रूपमा भइरहेको छ।

भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो ऐतिहासिक जात्रामा राष्ट्रप्रमुख, सरकारप्रमुखसहित उच्चपदस्थ व्यक्तिहरू उपस्थित हुने भएकाले गद्दी बैठक वरिपरि रंगरोगन, सरसफाइ र अन्य आवश्यक व्यवस्थापनको काम धमाधम भइरहेको हो।

सांस्कृतिक महत्त्वसँगै पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण मानिने इन्द्रजात्रा काठमाडौंको सबैभन्दा आकर्षक पर्वमध्ये एक हो।

यसवर्ष भदाै २१ गते शनिबार इन्द्रजात्रा पर्व मनाइँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *