चन्द्रागिरि नगरपालिका वडा नंं ०४ थानकोटबाट पनि राष्ट्रिय परिचय पत्र वितरण हुँदै
थानकोट।
चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य जारी छ ।
गत फागुन महिनाबाट चन्द्रागिरि नगरपालिकामा सुरु भएको परिचयपत्र वितरणको कार्य चन्द्रागिरि नगरपालिकाले वडा नं. ४ थानकोटमा भदाै ८ गते आइतबारबाट सुरु हुने बताइएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका नगरबासीहरूले सम्बन्धित वडा कार्यालयबाट सो परिचय पत्र प्राप्त गर्न सक्ने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
जसअनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटबाट सो दिनदेखि राष्ट्रिय परिचय पत्र वितरण सुरु हुन लागेको हो ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका र परिचयपत्र बनिसकेको सन्देश मोबाइलमा प्राप्त गरेका वडाबासीहरूले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्ने वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिए ।













