आज बुबाको मुख हेर्ने दिन कतै यात्रा गर्ने साेंचमा हुनुहुन्छ ? जान्नुहाेस माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ ।

मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।

काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराईको भूभाग साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिएको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *