कीर्तिपुरमा एक युवती मृत फेला

Thankot Times

थानकोट ।

कीर्तिपुर–७ भज्जंगलमा बस्दै आएकी कैलाली घर भएकी २२ वर्षीया युवती झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

स्थानीयबासीका अनुसार ती युवती दुई दिदीबहिनी मिलेर बस्दै आएका थिए।

उनीहरू प्रायः सँगै बजारमा तरकारी किनमेल गर्न जाने गर्थे। तर, शुक्रबार भने उनले बहिनीलाई एक्लै बजार पठाई, साँझपख घरमै झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ।

ती युवती हाल कोरियन भाषा अध्ययनरत थिइन्।

प्रारम्भिक जानकारी अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ भने प्रहरीको औपचारिक विवरण अझै आउन बाँकी छ।

स्थानीयहरूले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

तस्बिर: सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *