मच्छेनारायण ग्रामिण बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक प्रहरी सम्पर्कमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकास्थित मच्छेनारायण ग्रामिण बचत तथा ऋण सहकारी संस्थाका एकजना सञ्चालक प्रहरी वृत्त थानकोटमा पुगेका छन् ।

गतवर्षको भदाै महिनामा बचतकर्ताहरुको समूहले आफ्नो बचत फिर्ता पाउनुपर्ने बताउँदै संस्थाका पदाधिकारी तथा कर्मचारीमाथि हातपातको प्रयास गरेपछि संस्थाले विज्ञप्ती जारी गर्दै सहकारी नै बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको जनाएको थियो ।

सो पछि जनप्रतिनिधिको रोहबरमा सहकारीको ताला खोलि कार्यालयको अवस्था जाँच भएको थियो ।

सो सहकारीका एक जना सञ्चालक आज (सोमबार) प्रहरी वृत्त थानकोटको सम्पर्कमा पुगेको सूचना पाएका छाैं स्रोतले भन्यो ।

यस बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *