काठमाडौँ महानगरविरुद्ध कवाड व्यवसायीहरूले गरे प्रदर्शन

Thankot Times

थानकोट ।

काठमाडौँमा कवाड व्यवसायीहरूले आज प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौँ प्लाजासम्म प्रदर्शन गरेका हुन् । महानगरपालिकाले कवाड संकलन र भण्डारनमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।

महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् ।

आफूहरूको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायीहरू मेयर बालेन साहसँग रिसाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *