थानकोट जङ्गलमा मकवानपुरका एक पुरुष मृत भेटिए, परिचय खुल्यो, अनुसन्धान जारी
थानकोट ।
गणेशमान सिंह सडक मार्ग (थानकोट-चन्द्रागिरि-चित्लाङ सडक) को चन्द्रागिरि भञ्ज्याङ नजिकै एक जना पुरुष मृत भेटिएका छन् ।
प्रहरीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका घर भएका ३२ वर्षीय सुजन* थिङ सोमबार मृत फेला परेका हुन् ।
उनी भदाै पहिलो साताबाट परिवारको सम्पर्कमा नरहेका प्रहरीको भनाइ छ ।
खोजी गर्ने क्रममा सडेको अवस्थामा थिङको शव सडकनजिकै भीरमा फेला परेको हो । हाल उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको बताइएको छ ।
थिङको मृत्युको कारणका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले थानकोट टाइम्सलाई जानकारी दियो ।
* यसअघि अन्यथा भएकोले सच्याइएकाे छ ।












