कस्तो रहला आजको माैसम ? यस्तो छ विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

“कोसी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ,” मौसमविद् हरिप्रसाद दाहालले भने, “तर, केही स्थानमा मात्रै भारी वर्षा हुन्छ, धेरै स्थानमा होइन ।”

विभागले राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदली हुनेछ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

“कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ,” मौसविद् दाहालले भने । ।

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *