आज साउनको दोस्रो सोमबार, चन्दनभराटेश्वरसहित देशभरका शिवालयमा घुइँचो
थानकोट ।
आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।
पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।
हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ ।
फोटोः धर्मेन्द्र महर्जन












