नयाँ राष्ट्रिय युवा नीतिमा युवाको उमेर १८-३५ वर्ष कायम

Thankot Times

थानकोट ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति-२०८२ अनुसार अव युवाको उमेर १८-३५ कायम हुने भएको छ।

यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति -२०७२ अनुसार युवाको उमेर १६-४० रहेको थियो।

युवा नीतिले ‘युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने’ विषयलाई मूल ध्येय बनाइएको छ। यसै गरी युवाको सर्वाङ्गीण विकास गर्नु, राज्यको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु र  राष्ट्रभाव भएको सदाचारी एवम् सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्नुलाई मुख्य लक्ष्य किटान गरेको छ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका नयाँ माग, चाहाना र आवश्यकतालाई सम्बोधन गर्न नयाँ नीति ल्याइएको बताए। बस्नेतले भने-‘ राष्ट्रिय रूपमा बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय परिवेशलाई समेत  मध्यनजर गरेर युवाको नयाँ परिभाषा गरिएको छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ