काठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृत फेला

Thankot Times

थानकोट ।

काठमाडौँसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका-८ पशुपति आर्यघाट नजिकै सतलमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ स्थित झुप्रा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, महागढीमाई नगरपालिका-८ थलही पुल नजिकै बाटो छेउमा सोही ठाउँ बस्ने ३५ वर्षीय जितेन्द्र गिरी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बझाङ, जयपृथ्वी नगरपालिका-१ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा सोही नगरपालिका-१ भण्डार बस्ने ५५ वर्षीय राम चन्द्र बोहरा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ