बिहानै दुर्घटनाको खबर, मध्यरातमा काठमाडाैंमा स्कुटर दुर्घटना हुँदा दुई जना युवाको ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडौंमा गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३१ जडिबुटीको आकासे पुलनजिकै भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ