लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन
थानकोट ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन भएको छ ।
शनिबार बिहान मुसलमानकाे आफ्नै निवासमा मृत्यु भएको उनको सचिवालयले जानकारी दिएको छ । ।
उनको हृदयघातका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।
उनी नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।












