बागमती प्रदेश सभाको बैठक आज बस्दै
थानकोट ।
बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।
प्रदेश सभा भवन हेटौंडामा दिउँसो २ बजेबाट बैठक सुरू हुनेछ ।
आजको बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेशहुँदैछ भने विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आए पछि प्रदेश सभा बैठकमा पेश हुने सम्भावित कार्यसूची रहेको छ ।
साथै, आजको प्रदेश सभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश सभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेश गर्ने र विभिन्न निकायबाट प्राप्त पत्रहरू वाचन गर्नेछन् ।
यसैअघि प्रदेश सभा बैठकको कार्यसूची बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।












