अफगानिस्तानमा मध्यरातमा शक्तिशाली भूकम्प, जनधनको व्यापक क्षति, उद्दार कार्य जारी

Thankot Times

थानकोट ।

अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ ।

पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको छ ।

भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ ।

एक सयजना घाइते भएको बीबीसीले बताएको छ ।

दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारका विभिन्न स्रोतहरूले बताएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको बीबसीले जनाएको छ ।

तालिवान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । पहिरो र बाढीका कारण केही ठाउँमा हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।

भूकम्पले काबुलदेखि ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई हल्लाएको बताइएको छ ।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार भूकम्पको केन्द्रबिन्दु नन्गरहार प्रान्तको जलालाबादनजिकै आठ  किलोमिटर गहिराइमा थियो ।

आइतबार स्थानीय समयअनुसार राति ११ : ४७ बजे भूकम्प गएको थियो ।

पछिल्लो एक महिनामा अफगानिस्तानमा गएको यो पाँचौँ भूकम्प हो ।

भूकम्पको दृष्टिकोणले अफगानिस्तान संवेदनशील क्षेत्र हो ।

यसअघि, अफगानिस्तानमा अगस्ट २७ मा ५.४, अगस्ट १७ मा ४.९, अगस्ट १३ मा १० किलोमिटरको गहिराइमा ४.२ र अगस्ट ८ मा १० किलोमिटरको गहिराइमा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । बीबीसी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ