भैरव पुरस्कारको घोषणा, असोज ३ गते तीन जना स्रष्टा सम्मानित हुने

Thankot Times

थानकोट ।

नेपाली साहित्यका बेजोड हास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार गुठीले तीन पुरस्कारको घोषणा गरेको छ ।

अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले प्रदान गरिने पुरस्कारहरू अनुमोदन गरेको हो ।

जसअनुसार २०८२ सालको ‘भैरव पुरस्कार’ भारत—सिलगुढी निवासी हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने निर्णय गरिएको छ ।

पुरस्कारका साथ नगद राशि १ लाख ११ हजार १ सय ११ रुपैया समेत प्रदान गरिने छ ।

भैरव पुरस्कार पहिलोपटक नेपाल बाहिरका स्रष्टालाई प्रदान गर्न लागिएको हो ।

त्यस्तै, १ लाख १ हजार १ सय ११ रुपैया राशीको ‘भैरव वाङ्मय पुरस्कार’ वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ । गुठीले ५१ हजार १ सय ११ रुपैया राशीको ‘भैरव प्रतिभा पुरस्कार’ विराटनगरका कवि साहित्यकार विवश पोखरेललाई प्रदान गरिने जनाएको छ ।

घोषित पुरस्कार आउँदो असोज ३ गते प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ