प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

Thankot Times

थानकोट ।

चीनको थियानजिन सहरमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार बेइजिङ जाँदै छन् ।

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चंगसँग भेट गर्नेछन् ।

उपराष्ट्रपति चंगद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ ।

सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *