नेकपा एमालेले बोलायो सचिवालय बैठक
थानकोट ।
सत्तारुढ दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाएको छ ।
बैठक अगामी बिहीबार (भदौ १९) दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
यसअघि भदौ १३ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
गौतमले भदौ २० देखि सुरु हुने दोस्रो विधान महाधिवेशनमा पेश हुने दस्ताबेजहरू सचिवालय बैठकमा छलफल गरेर अघि बढाइने बताए ।
विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै छन् ।












