चन्द्रागिरि हिल्समा अर्को केबलकार बन्दै, निर्माण सामाग्री चन्द्रागिरि आउन थाल्यो

Thankot Times

थानकोट ।

चन्द्रागिरि डाँडाबाट चन्द्रागिरि हिल्स रिसोर्टसम्म पुग्न छुट्टै केबलकार बनाउन चाहिने उपकरण आउन थालेको छ । बुधबारबाट ती उपकरण तथा औजार चन्द्रागिरि आउन थालेका हुन् ।

विभिन्न उपकरण तथा औजारले भरिएका चारवटा मालबाहक कन्टेनर बुधबार चन्द्रागिरि हिल्सको बटन स्टेशन नजिकै अनलोड भइरहेका छन् ।  ठूला आकारका कन्टेनर निर्माणस्थलसम्म पुग्न नसक्ने भएकोले हिल्सकै बटम स्टेशन नजिकै सामान अनलोड गरिएको र त्यहाँबाट साना ट्रक वा एअर लिफ्ट गरी उपकरण सम्बन्धित साइटमा लगिनेछ, स्रोतले भन्यो ।

चन्द्रागिरि हिल्सको टप स्टेशनबाट रिसोर्टसम्म ओहोर दोहोरमा सहजता ल्याउने उद्देश्यले चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले छोटो दूरीको अर्को केबलकार निर्माणको तयारी गरिरहेको छ । 

हाल सो केबलकारको टप स्टेशनबाट रिसोर्टसम्म पुग्न घुमाउरो तर पक्की सडक प्रयोग हुँदै आएकोमा हिल्स व्यवस्थापनले यात्रुहरूको सुविधाको लागि केबलकारबाटै रिसोर्टसम्म पुग्न केबलकार निर्माण तयारी गरेको हो ।

अहिले चन्द्रागिरि केबलकारको टप स्टेशनबाट चन्द्रागिरि हिल्स रिसोर्टसम्म पुग्न हिल्सकै हलुका सवारीसाधनको प्रयोग हुँदै आएको छ।

हाल चन्द्रागिरि हिल्सले माथिल्लो स्टेशनदेखि रिर्सोटसम्म ४ ओटा टावर र ४ वटा गोण्डोला रहने गरि ३८८ मिटर लम्बाईमा थप केबलकारको दुईवटा टावर १२ हजार वर्ग फिटमा विस्तार गर्न लागेको हो ।

प्रस्तावित योजना अनुसार हिल्सले केबलकारको लागि ०.९२ हेक्टर र ब्यान्क्वेट हलका लागि ०.१४ हेक्टर गरी १.१ हेक्टर वन क्षेत्रमा संरचना निमार्ण गर्न लागेको हो ।

त्यस्तै, हिल्सले २ ओटा हलसहितको ब्यान्क्वेट हल निर्माण, ४ सय जना क्षमताको २४६० वर्ग मिटरको २ ओटा हल र २०४५ वर्ग मिटरको एउटा भान्छा र अन्य शौचालय लगायतका संरचना बनाउने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

मच्छेगाउँ स्टेशन रहने गरि बन्ने भयो मोनोरेल तथा केबलकार, लम्बाइ ३.२७ किलोमिटर


Leave a Reply

Your email address will not be published. Required fields are marked *