अनेमसंघ (क्रान्तिकारी)को बन्दसत्रमा प्रतिवेदन पेश हुँदै

Thankot Times

थानकोट ।

नेकपा(माओवादी केन्द्र) निकट महिला संगठन अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज प्रतिवेदन पेस हुँदैछ ।

प्रज्ञाभवन कमलादीमा बुधबारदेखि सुरु भएको बन्दसत्रमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन हुने अध्यक्ष अमृता थापाले बताइन् । थापाका अनुसार प्रतिवेदन माथिको छलफल आजै सकिने र भोलि नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने जानकारी दिइन् ।

‘दोस्रो दिनको बन्दसत्र सुरु हुँदैछ । केहीबेरमा प्रतिवेदन पेस हुन्छ ।

त्यसमाथि समुहगत छलफल गरी आजै प्रतिवेदन अनुमोदन हुन्छ । भोलि नयाँ नेतृत्व चयन गरेर सम्मेलन सम्पन्न हुन्छ’, रातोपाटीसँग उनले भनिन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सम्मेलनको उद्घाटन गरेका थिए ।

यता सर्वसम्मत नेतृत्व चयन लगायत विषयमा छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको छ । माओवादीका एक पदाधिकारीले महिला संगठनमा १०० जनाभन्दा बढी केन्द्रीय सदस्य भएकाले भातृ संगठन जस्तो नभई महिला शाखा रहेको बताए । यी समस्या हल गर्नका लागि बैठक बोलाइएको ती पदाधिकारीले बताए ।

‘महिला संगठनमा सय जनाभन्दा बढी केन्द्रीय सदस्य छन् । यो त पार्टीको महिला शाखा जस्तो भयो । पार्टीको प्रतिनिधित्व गरेर एक दुई जना केन्द्रीय सदस्य रहनु ठिक हो तर केन्द्रीय सदस्यहरूको जम्बो टोली भएपछि त्यो कसरी भातृसंगठन भयो ? यी समस्याहरूको हल गर्ने विषयमा पदाधिकारी बैठकमा छलफल हुन्छ’, ती नेताले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *