उनले विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरेर भएका कमजोरीको समीक्षा गरेर गल्तीप्रति आत्मालोचित हुनुपर्ने बताएका छन्। उनले लोकतान्त्रिक र संवैधानिक मान्यता अनुरूप निकास निकाल्नुपर्ने भन्दै जेन जेडले अघि सारेका मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गर्न अपिल समेत अपिल गरेका छन् ।
उनले भनेका छन्, ‘हामी यतिवेला इतिहासकै गम्भीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामी सबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्याउँदैन ।’